आइसिसी क्रिकेट विश्वकप २०१९ अन्तर्गत पहिलो सेमिफाइनलमा भारत र न्युजिल्यान्डबीच खेल वर्षाले प्रभावित बनेपछि बुधबारसम्मका लागि स्थगित गरिएको छ।
मंगलबार म्यानचेस्टरमा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ४६.१ ओभरमा ५ विकेटको क्षतिमा २११ रन बनाएर खेलिरहदा वर्षा भएको थियो।
त्यसपछि वर्षा नरोकिएपछि खेल बुधबारसम्मका लागि धकेलिएको हो। आइसिसीको नयाँ नियमअनुसार सेमिफाइनल र फाइनल खेलका लागि रिजर्भ डेको व्यवस्था छ। रिजर्भ डेमा अबरुद्ध भएको अवस्थाबाट खेल संचालन हुने नियम छ।
यद्यपी बुधबार पनि म्यानचेस्टरमा वर्षा हुने अनुमान छ। बुधबार पूरा खेल हुने अवस्थामा न्युजिल्यान्डले ४६.१ ओभरबाट आफ्नो ब्याटिङ गर्नेछ। वर्षा भइरहेमा भने ओभर घटाएर भारतलाई नयाँ लक्ष्य दिइनेछ। भारतले २० ओभर पनि ब्याटिङ गर्ने अवस्था नभएमा भने खेल रद्द हुनेछ।
बुधबार खेल वर्षाले रद्द भएमा लिग चरणको अंकको आधारमा नतिजा तय हुनेछ। जसमा शीर्ष भएको भारत अघि रहँदै फाइनल पुग्नेछ।
मंगलबार वर्षाले खेल प्रभावित हुनुअघि न्युजिल्यान्डका लागि रोश टेलर ६७ रन र टम लाथम ३ रन बनाएर खेलिरहेका थिए।
त्यसअघि ओपनर मार्टिन गुपटिल १ रनमै आउट भएका थिए। हेनरी निकोल्सले ५१ बलमा २७ रन ज । कप्तान केन विलियमसनले ९५ बलमा ६ चौकाको मद्दतमा ६७ रनको योगदान दिए।
जेम्स निसम १२ रन र कोलिन डे ग्रान्डहोम १६ रन जोडेर आउट भए।
बलिङमा भारतका पाँच बलरले १-१ विकेट लिएका छन्। भुवनेश्वर कुमार, जसप्रित बुमराह, हार्दिक पाण्ड्या, रविन्द्र जडेजा र युजभेन्द्र चाहलले विकेट लिएका हुन्।
यस विश्वकपका लागि आइसिसीले बनाएका नियम यस्तो छ :-
१. सुपर ओभर
-स्कोर बराबरी भएमा सेमिफाइनल र फाइनल मात्र सुपर ओभर हुने।
२. समान अंक भएमा टाइ ब्रेकर
-जितको संख्या
-नेट रन रेट
-हेड टु हेड नतिजा
-खेलअघिको वरीयता
३. रिजर्भ डे
-निर्धारित मितिको खेल रद्द भएमा सेमिफाइनल र फाइनलको खेल मात्र अर्को दिन हुने।
४. सेमिफाइनल वासआउट भए के हुन्छ?
रिजर्भ डेको खेल पनि रद्द भए लिग चरणको अंक तालिकाको आधारमा अघि रहने टिम फाइनलमा पुग्नेछ।
५. फाइनल पनि वासआउट भए?
फाइनलमा पुगेका दुवै टिमलाई ट्रफी दिइनेछ, अर्थात् संयुक्त विजेता घोषणा गरिनेछ।