पहिलो अन्तर्राष्ट्रिय टी-२० खेलमा मलेसियाले नेपालालाई १२९ रनको लक्ष्य दिएको छ।
क्वालालम्पुरस्थित किनरारा ओभलमा शनिबार टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टिम मलेसियाले २० ओभरमा ९ विकेटको क्षतिमा १२८ रन जोड्यो।
मलेसियाका लागि ओपनर विरन्दीप सिंहले ५७ रनको योगदान दिए। उनले ४९ बलमा ७ चौका र १ छक्का हर्काए। कप्तान अहमेद फायजले ४५ रन जोडे। उनले ३९ बलमा २ छक्का प्रहार गरे।
अर्का ओपनर सयेद अजिज भने शून्यमै आउट भएका थिए। उनलाई सोमपाल कामीले बोल्ड गरे। फित्री सामले १२ रन जोड्दा साफिक सारिफ २ रन र अमिमिद्दीन राम्मी ० मा पेभिलियन फर्के।
बलिङमा नेपालका लागि करण केसीले ३ विकेट लिए। उनले ३ वटै विकेट अन्तिम ओभरमा लिएका थिए।
सन्दीप लामिछाने र बसन्त रेग्मीले समान २-२ विकेट लिए। सोमपाल कामीको नाममा १ विकेट रह्यो।