आइसिसी टी-२० विश्वकप अन्तर्गत एसिया छनोट प्रतियोगितामा नेपाल र मलेसियाबीचको खेल निर्धारित समय भन्दा २ घन्टा ढिलो गरी सुरु भएको छ।
लगातार वर्षाका कारण ढिला सुरु भएको खेल ९ ओभरमा झारिएको छ।
सिंगापुरको इन्डियन एसोसिएसनको मैदानमा टस जितेको नेपालले फिल्डिङ रोजेपछि मलेसियाले पहिले ब्याटिङ गरिरहेको छ।
पहिलो खेलमा हार र कप्तान घाइते हुँदा पीडामा रहेको नेपालका लागि बुधबारको खेल जित्नुको विकल्प छैन। त्यसका लागि कन्डिसन हेरर खेलाडी चयन र प्रत्येक खेलाडीले शतप्रशित खेल्नु पर्ने देखिन्छ।
मलेसियाविरुद्धको खेलपछि नेपालले २ दिन आराम गरेर अन्तिम २ खेल खेल्नेछ। जुन खेलका लागि कप्तान पारस पूर्ण फिट हुन सक्छन्। त्यसैले नेपालका लागि बुधबार मलेसियाविरुद्धको खेल महत्वपूर्ण छ।
नेपालले शनिबार कुवेतसँग प्रतिस्पर्धा गर्नेछ। नेपालले आइतबार अन्तिम खेलमा आयोजक सिंगापुरको सामना गर्नेछ। यी तीनै खेल जिते नेपाल विश्व छनोटमा पुग्नेछ।