आइसिसी टी-२० विश्वकप एसिया छनोट प्रतियोगिताबाट मलेसिया र कतार अन्तिम खेलअघि नै बाहिरिएका छन्।
शुक्रबार आयोजक सिंगापुरले मलेसियामाथि ८ विकेटको जित निकालेसँगै मलेसिया र कतार बाहिरिएका हुन्। पहिले ब्याटिङ गरेको मलेसिया ९२ रनमा अलआउट भयो। सिंगापुरले ४० बल खेल्न बाँकी छदा २ विकेटको क्षतिमा लक्ष्य पार गर्यो।
जितसँगै सिंगापुर ३ खेलबाट ५ अंक जोडेर अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। अब शीर्ष स्थानको सिंगापुरसँगै ३ अंक जोडेर दोस्रो स्थानमा रहेको कुवेत र २ अंक जोडेर तेस्रो स्थानमा रहेको नेपाल मध्ये एक टिम विश्व छनोटमा पुग्नेछन्।
नेपाललाई विश्व छनोटमा पुग्न बाँकी रहेका दुवै खेलमा अंक जोड्नु पर्ने समिकरण छ। नेपालले शनिबार कुवेत र आइतबार सिंगापुरसँग खेल्नेछ। नेपाल दुवै खेलमा जित हात पारे च्याम्पियन बनेर विश्व छनोटमा पुग्नेछ।
शनिबारको खेल वर्षाले अवरुद्ध भएमा पनि नेपालको सम्भावना हुनेछ। यद्यपी शनिबार कुवेतसँग पराजित भएमा भने नेपाल अन्तिम खेलअघि नै बाहिरिनेछ।
कुवेतसँग नहारेको नेपालले अन्तिम खेलमा सिंगापुरलाई भने हराउनै पर्नेछ। सिंगापुरसँग पराजित भएमा वा खेल वर्षाले अवरुद्ध भएमा नेपाल बाहिनेछ।
सिंगापुरले विश्व छनोटमा स्थान बनाउन अन्तिम खेलमा नेपाललाई हराउनु पर्नेछ वा खेल वर्षाले अवरुद्ध हुनु पर्नेछ।
कुवेतका लागि पनि विश्व छनोटमा पुग्न नेपाललाई हराउनु पर्नेछ भने अन्तिम खेलमा नेपालले सिंगापुरलाई भारी अन्तरले हराउनु पर्नेछ।
अंक तालिका