क्यानडाको ग्लोबल टी–२० क्रिकेट प्रतियोगितामा नेपाली बलरद्वय सोमपाल कामी र सन्दीप लामिछाने आबद्ध टिमबीच सोमबार राति खेल हुँदैछ।
सन्दीप आबद्ध टोरोन्टो नेसन्स र सोमपाल आबद्ध विनिपेग हक्सबीच नेपाली समयअनुसार आज राति साढे १२ बजे सुरु हुनेछ।
सुरुवाती दुई खेल गुमाएका सन्दीप र सोमपाल आइतबार राति सिंगापुरबाट क्यानडा गएका थिए। दुवै सिंगापुरमा आयोजना भएको आइसिसी टी–२० विश्वकप एसिया छनोटमा भाग लिएपछि उतैबाटै क्यानडा प्रस्थान गरेका थिए।
नेपाली टिमका व्यवस्थापक रमन सिवाकोटीका अनुसार दुवै खेलाडी सोमबार रातिको खेलका लगि उपलब्ध हुनेछन्।
दुवै खेलाडीलाई आ–आफ्ना टिमले पहिलो रोजाइमा राखे सोमपाल र सन्दीप एकआपसमा भिड्नेछन्।
सोमपाल आबद्ध विनिपेगमा वेस्ट इन्डिजका ड्वाइन ब्राभो, दक्षिण अफ्रिकाका जेपी डुमिनी, अस्ट्रेलियाका क्रिस लियोन जस्ता खेलाडी छन्। सोमपालले टिममा पर्न पाउल भन मिकेरेन र रमेश इरंगासँग प्रतिस्पर्धा गर्नु पर्नेछ।
सन्दीपको टिममा अन्तर्राष्ट्रिय जगतमा नाम चालेका स्पिनर छैनन्।
दुवै टिमले सुरुवाती २–२ खेल खेल्दा १–१ खेलमा जित र १–१ खेलमा हार बेहोरेका छन्।