भारत र पाकिस्तानबीच राजनैतिक समस्या ज्यूँ का त्यूँ छ। राजनैतिक समस्याले दुबै देशको सम्पर्क टुटेपनि सामाजिक सम्पर्क कायमै रहेको छ।
यस्तैमा पाकिस्तानी क्रिकेटर हसन अलिले भारतीय युवतीसँग विवाह गर्ने पक्का भएको छ। हसनले भारतको हरियाणा राज्यको नूंह जिल्ला निवासी शामिया आरजूसँग विवाह गर्न लागेका हुन्।
समाचारका अनुसार अगस्टको तेश्रो साता दुबईं पारिवारिक उपस्थितिकामाझ दुबैले विवाह गर्नेछ। हसन अलिले पनि भारतीय युवतीसँग विवाह हुन लागेको स्वीकार गरेका छन्।
यो विवाह पारिवारिक सम्बन्धका आधारमा तय भएको बताइन्छ। शामियाका बाबु लियाकत अलिका हजुरबुवा र पाकिस्तान रेलवेका अध्यक्षसमेत रहेका सरदार तुफेल दाजुभाइ हुन्। भारत-पाकिस्तान विभाजनपछि तुफेल पाकिस्तान गएँ भने लियाकतका हजुरबावा भारतमै बसे। पूर्व सांसद तुफैलकै पहलमा हसन र शामियाको विवाह पक्का भएको हो।
शामिया इमिरेट्स एयरलाइन्समा फ्लाईट इन्जिनियर हुन्।
यसअघि पनि पाकिस्तानी क्रिकेटर शोएब मल्लिकले भारतीय टेनिस स्टार सानिया मिर्जासँग र आफ्नो समयका चर्चित ब्याटसम्यान मोहसिन खानले बलिउड अभिनेत्री रिना रोयसँग विवाह गरेका थिए।