कश्मिरको सुरक्षालाई मध्यनजर गर्दै भारत सरकारले पर्यटकपछि क्रिकेट खेलाडीहरूलाई कश्मिर छाड्न भनेको छ।
जम्मु कश्मिर एसोसियशनले जम्मू कश्मिर क्रिकेट टोलीका प्रशिक्षक एवं पूर्व अलराउण्डर इरफान पठानसहित अन्य क्रिकेट खेलाडीहरूलाई कश्मिर छोड्न भनेको हो। यसअघि सेनाले एक आदेश जारी गर्दै पर्यटक तथा अमरनाथ यात्रीहरूलाई कश्मिर उपत्यका छाड्न भनेको थियो।
उनीहरूलाई सुरक्षाको कारण त्यसो गर्न भनिएको हो। शनिबार यस्तो आदेश भएको हो। कश्मिरको सुरक्षा मजबुत भएपछिमात्र उनीहरूले कश्मिर फर्किन पाउनेछन्। हाल उनीहरूले प्रिसिजनको प्रशिक्षण गरिरहेको थियो।
भारतको गृहमन्त्रालयले कश्मिर उपत्यकामा एकसाता अगाडि १०० कम्पनी तैनाथ गर्ने आदेश दिएपछि तीर्थयात्री र पर्यटकपछि क्रिकेट खेलाडीलाई यस्तो आदेश दिएको हो।
यस्तो आदेश दिएपनि गृह मन्त्रालयले नियमित प्रक्रिया भनेर स्पष्टिकरण दिएको छ।
तर ठूलो संख्या कम्पनी थपिनुमा भारत सरकारको कश्मिरी पृथकतावादीहरू विरूद्ध लड्ने नयाँ सरकारी योजना अनुसार भएको अनुमान गरिदैं आइएको छ।