विश्वकप क्रिकेटको फाइनलमा इङ्ल्याण्ड र न्युजिल्याण्डबीच भएको ओभरथ्रोको मामिला अझै थामिएको छैन्।
यस खेलमा अम्पायरहरञले इङ्ल्याण्डलाई ५ रनको सट्टा ६ रन दिए, जसका कारण पछि खेल बराबरीमा पुग्यो।
पछि ६ रन दिने अम्पायरको निर्णयले ठूलै विवाद जन्मायो। सुपर ओभरमा पनि बराबरी भएपछि नयाँ विश्वविजेताको छनौट बाउण्ड्री संख्याका आधारमा गरियो। यसले विवादलाई झनै ठूलो बनाइदियो।
मैरिलबोन क्रिकेट क्लबले यस प्रकरणमा फेरि जाँच गर्ने घोषणा गरेको छ। क्लबले विश्वकप फाइनलमा मार्टिन गुप्टिल र बेन स्टोक्सको ओभरथ्रो मामिलाको आगामी सेप्टेम्बरमा पुनः समीक्षा गर्ने बताएको हो।
'विश्व क्रिकेट कमिटी(डब्लुयूसीसी)ले विश्वकप फाइनलको सन्दर्भमा ओभरथ्रोसँग सम्बन्धित १९.८ नियमको बारेमा चर्चा गर्यो। डब्लुयूसीसीलाई नियम पूरा स्पष्ट रहेको लागेको छ तर सेप्टेम्बर २०१९ मा उपपमिटीले मामिलाको समीक्षा गर्नेछ', क्लबले आफ्नो आधिकारिक बयानमा भनेको छ।