हङकङका दुई क्रिकेटरलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले क्रिकेट खेल्न आजीवन प्रतिबन्ध लगाएको छ।
आइसिसीले अलराउन्डर इर्फान अहमेद र स्पिनर नदीम अहमेदलाई आजीवन प्रतिबन्ध लगाएको हो। नातामा इर्फान र नदीम दाजुभाइ हुन्।
यसैगरी अर्का बलर हसीब अम्जादलाई पाँच वर्षको प्रतिबन्ध लगाइएको छ।
तीनै जनालाई म्याच फिक्सिङ गरेको अभियोग लगाउँदै कारबाही गरिएको हो।
आइसिसीको एन्टी करप्सन कोड विपरित काम गरेको भन्दै उनीहरुलाई प्रतिबन्ध लगाइएको हो।
छानविन गर्दा तीन खेलाडीले विभिन्न खेलका दौरान फिक्सिङ गरेको पुष्टी भएको आइसिसीले जनाएको छ। उनीहरुले दुई वर्षको अवधिमा म्याच फिक्सिङ गरेको आइसिसीको भनाइ छ।
सन् २००८ मा हङकङको राष्ट्रिय टिममा डेब्यू गरेका इर्फानले सन् २०१४ मा स्कटल्यान्डविरुद्धको २ खेलमा खेलमा, सोही वर्ष क्यानडाविरुद्धको ३ खेलमा, मार्च २०१४ वर्षमा जिम्बावेविरुद्धको खेलमा, २०१५ मा टी-२० छनोटमा र २०१६ को टी-२० विश्वकप छनोटमा फिक्सिङ प्रस्ताव स्वीकार गरि फिक्सिङ गरेको आइसिसीको भनाइ छ।
इर्फानले हङकङका लागि ६ एकदिवसीय र ८ टी-२० खेल खेलेका थिए।
नदीमले सन् २०१४ मा जनावरीमा स्कटल्यान्डविरुद्ध २ खेल र सन् २०१६ को टी-२० विश्वकपमा फिक्सिङ गरेको स्विकार गरेका छन्।
हसीमले पनि क्यानडाविरुद्ध २०१४ जनावरी खेलिएका २ खेलमा फिक्सिङ गरेको आइसिसीको भनाइ छ।