भारतले वेस्ट इण्डिज विरूद्धको टेस्ट सिरिज २-० ले जितेको छ।
जमैकाको सबीना पार्कमा खेलिएको दोश्रो टेस्टमा इण्डिजलाई २५७ रन अन्तरले हराउँदै उसले सिरिजमाथि कब्जा जमाएको हो।
यस जितमा भारतले हनुमा विहारीले नटआउट १११, कप्तान विराट कोहलीले ७६ तथा इशांत शर्माले ५७ रनको योगदानमा ४१६ रनको स्कोर खडा गरेको थियो।
त्यसपछि जसप्रीत बुमराहको घातक बलिङमा वेस्ट इण्डिज पहिलो पारीमा नै ११७ रनमा समेटियो।
२९९ को बढोत्तरी हासिल गरेको भारतले त्यसपछि वेस्ट इण्डिजलाई फलोअन गर्न दिएन र पुनः ब्याटिङ गर्ने फैसला गर्दै ४ विकेटको नोक्सानीमा १६८ रन बनाउँदै पारी समाप्तीको घोषणा गर्यो र वेस्ट इण्डिजलाई ४६८ रनको लक्ष्य दियो।
सो लक्ष्यको पछ्याउन आएको इण्डिज २१० रनमा अलआउट भयो। फलस्वरूप दुई टेस्टको सिरिजमा भारतले २-० ले कब्जा जमायो।