आइतबार पाहुना टोली दक्षिण अफ्रिकाले घरेलु टोली भारतलाई अन्तिम टि-२० खेलमा ९ विकेटले पराजित गरेको छ।
जितसँगै ३ खेलको टि-२० सिरिज १-१ को बराबरीमा सकिएको छ। सिरिजको पहिलो खेल वर्षाका कारण रद्ध भएको थियो।हारसँगै भारतले घरेलु मैदानमा पहिलो पटक दक्षिण अफ्रिका विरूद्ध टि-२० सिरिज जित्ने मौका गुमाएको छ।
टस जितेर पहिले ब्याटिङ् गर्ने निर्णय गरेको भारतले निर्धारित ओभरमा ९ विकेटको क्षतिमा पाहुना टोलीलाई १३५ रनको लक्ष्य दिएको थियो।जवाफी ब्याटिङमा आएको दक्षिण अफ्रिकाले सो लक्ष्य मात्र १ विकेटको क्षतिमा १६.५ ओभरमा १४० रन बनाउँदै हासिल गर्यो।
दक्षिण अफ्रिकाका लागि कप्तान क्विंटन डि ककले अविजित ७९ रनको पारी खेले।
लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रिकाका लागि डि कक र हेन्ड्रिक्सले १०.१ ओभर खेल्दै ७६ रनकको साझेदारी गरेका थिए।
रीजाले यस क्रममा २८ रन जोडे। रिजालाई हार्दिक पाँड्याले विराट कोहलीको हातबाट क्याच आउट गराएका थिए। त्यसपछि तेम्बा बावुले अविजित २७ रन बनाउँदै डि ककसँग जितको साझेदारी गरे।
यस खेलमा डि ककले ५२ बलमा ६ चौका तथा ४ छक्का प्रहार गरे। टि-२० मा डि कक यो आजसम्मकै सर्वश्रेष्ठ पारी हो।
यस्तै पहिले ब्याटिङमा उत्रेको भारतका ब्याट्स्म्यानहरूलाई दक्षिण अफ्रिकी बलरहरूले आच्छु आच्छु पारे।
भारतका लागि शिखर धवनले सर्वाधिक ३६ रन बनाए। यस्तै रविन्द्र जडेजा तथा ऋषभ पन्तले समान १९-१९ रन बनाए।
भारतलाई सस्तैमा समेट्ने क्रममा कैगिसो रबाडाले ३ , ब्योर्न फोर्टिन र ब्यूरेन हेन्ड्रिक्सले समान २-२ विकेट लिए।
यस पारीमा ओपनर रोहित शर्मा ९ रनमा पेभेलियन फर्किए। कप्तान कोहलीले पनि मात्र ९ रन जोड्न सके भने श्रेयस अय्यर ५ रनमा पेभेलियन फर्किए। क्रुणाल पांड्याले पनि ४ रनमात्र जोडे।