नेपाली क्रिकेट टिम बुधबार राति सिंगापुर प्रस्थान गर्दैछ।
टिममा अनुभवी बलर बसन्त रेग्मी र ब्याट्सम्यान शरद भेषावकरलाई आराम दिइएको छ। यस्तै नियमित उपकप्तान ज्ञानेन्द्र मल्लले प्राविधिक कारणले सिंगापुर र ओमन भ्रमणमा हुने छैनन्। क्यारेबियन प्रिमियर लिग खेलिरहेका सन्दीप लामिछाने उतैबाट सिंगापुर पुग्नेछन्।
युवा ब्याट्सम्यानद्वय कुशल मल्ल र इशान पाण्डेले पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाएका छन्।
सिंगापुरमा हुने त्रिकोणीय अन्तर्राष्ट्रिय टी-२० सिरिजमा नेपाल, जिम्बावे र आयोजक सिंगापुरबीच प्रतिस्पर्धा हुनेछ।
प्रतियोगिता सिंगापुरले टी-२० विश्वकप छनोटको तयारीका लागि आयोजना गर्न लागेको हो। बंगलादेश भ्रमणमा रहेको जिम्बावे उतैबाट सिंगापुर प्रस्थान गर्नेछ।
सिंगापुर र ओमान भ्रमण : उत्कृष्ट क्रिकेट टिम बनाउने अवसर
नेपाल र जिम्बावे छनोटबाट बञ्चित भए पनि सिंगापुर भने विश्वकप छनोट खेल्दैछ।
नेपाल सिंगापुरमा प्रतिस्पर्धा गरेपछि उतैबाट ओमान जानेछ।
ओमान हुने प्रतियोगितामा आयोजक ओमान, नेपाल, आयरल्यान्ड, हङकङ र नेदरल्यान्ड्सले प्रतिस्पर्धा गर्दैछन्।
प्रतियोगिता आइसिसी टी-२० विश्वकप छनोटको पूर्वसन्ध्यामा आयोजना गर्न लागिएको हो।
विश्व छनोट प्रतियोगिता अक्टोबर ११ देखि संयुक्त अरब इमिरेट्स (युएई) मा आयोजना हुँदैछ।
नेपाली टिम
पारस खड्का, दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सोमपाल कामी, करण केसी, विनोद भण्डारी, सन्दीप लामिछाने, सन्दीप जोरा, ललितनारायण राजवंशी, पवन सर्राफ, अभिनास बोहरा, कुशल मल्ल, आरिफ शेख, रोहितकुमार पौडेल, सुसन भारी, इशान पाण्डे।
सिंगापुरमा नेपालको खेल तालिका
असोज १० गते नेपाल भर्सेस जिम्बावे
असोज ११ नेपाल भर्सेस सिंगापुर
असोज १४ गते नेपाल भर्सेस जिम्बावे
असोज १५ गते नेपाल भर्सेस सिंगापुर
ओमानमा हुने प्रतियोगितामा नेपालको खेल तालिका
असोज १९ गते नेपाल भर्सेस हङकङ
असोज २० गते नेपाल भर्सेस नेदरल्यान्ड्स
असोज २२ गते नेपाल भर्सेस आयरल्यान्ड
असोज २३ गते नेपाल भर्सेस ओमान