त्रिकोणीय सिरिजअन्तर्गत नेपालले जिम्बावेलाई १३३ रनको लक्ष्य दिएको छ।
सिंगापुरको इन्डियन एसोसिएसन मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ६ विकेटको क्षतिमा १३२ रन जोड्यो।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ४० रनको योगदान दिए। उनले ३३ बलमा ५ चौका हिर्काए। कप्तान पारस खड्काले २२ बलमा ३ चौकाको मद्दतमा १८ रन जोडे। पारससँगै ओपनिङ गरेका इशान पाण्डेले डेब्यू खेलमा ४ रन मात्र जोड्न सके।
आरिफ शेखले ८ रनमा जोड्दा अर्का डेब्यू खेलाडी कुशल मल्ल २ रनमै आउट भए। सन्दीप जोराले १५ बलमा १७ रन बनाए।
सोमपाल कामीले नटआउट २५ रन र विनोद भण्डारीले नटआउट ११ रन जोडे। अन्तिम ओभरमा लगातार २ छक्का हिर्काएका सोमपालले १४ बलमा ३ छक्का हिर्काए। विनोदले १२ बलमा १ चौका प्रहार गरे।
बलिङमा जिम्बावेका सिन विलियम्सले २ विकेट लिए।