सिङ्गापुरमा जारी त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजअन्तर्गत नेपालले मङ्गलबार जिम्बावेसँग प्रतिस्पर्धा गर्दैछ।
सिङ्गापुरस्थित इन्डियन एसोसिएशनको मैदानमा हुने उक्त खेल नेपालले जीते टेष्ट राष्ट्र जिम्बावेलाई पछि पारेर सिरिज जित्ने सम्भावना हुनेछ।
खेल नेपाली समयअनुसार साँझ ५ः१५ बजे हुनेछ । उक्त सिरिजअन्तर्गत यसअघि शुक्रबार सम्पन्न पहिलो खेलमा नेपाल जिम्बावेसँग पाँच विकेटले पराजित भएको थियो ।
दोस्रो खेलमा नेपालले उत्कृष्ट पुनरागमन गर्दै सिङ्गापुरलाई नौ विकेटले पराजित गरेको थियो।
सिरिजमा प्रतिस्पर्धा गरिरहेका नेपाकल, जिम्बावे र आयोजक सिङ्गापुरले समान दुई–दुई अङ्क जोडेका छन्। आइतबार सम्पन्न खेलमा जिम्बावेमाथि सिङ्गापुरले ४ रनको रोमाञ्चक जित हात पारेको थियो।
अङ्क तालिकामा नेपाल रन रेटको आधारमा शीर्ष स्थानमा छ। जिम्बावे दोस्रो तथा सिङ्गापुर तेस्रो स्थानमा छ। डबल राउन्ड रोबिनका आधारमा खेलाइएको उक्त सिरिजको शीर्ष टोलीले उपाधि जित्नेछ ।