पाँच देशको टी-२० श्रृंखलामा बुधबार ओमानमा भएको खेलमा आयरल्याण्डले नेपाललाई १४६ रनको लक्ष्य दिएको छ। टस जितेर पहिलो ब्याटिङ गरेको आयरल्याण्डले ८ विकेटको क्षतिमा १४५ रन बनाउन सफल भएको हो।
नेपालका लागि सन्दीप लामिछाने र अभिनाश बोहोराले दुई-दुई विकेट लिए भने ललित नारायण राजवंशी र करण केसीले १-१ विकेट लिए।
पेंटागुलर सिरिजमा यो नेपालको तेश्रो खेल हो। नेपालले पहिलो खेल हङकङसँग र दोस्रो नेदरल्यान्ड्ससँग खेलेको थियो।
आफ्ना दुवै खेल जितेपछि नेपाल रन रेटका आधारमा अंकतालिकामा तेस्रो स्थानमा छ।