मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) विरुद्धको एकदिवसीय खेलमा नेपालले ५ विकेटको जित हात पारेको छ।
किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालको जितमा विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारीले आकर्षक ब्याटिङ गरे।
भण्डारीले नटआउट ५२ रन जोडेपछि नेपालले २०२ रनको लक्ष्य ३७.३ ओभरमा पूरा गर्यो। भण्डारीले ६४ बल खेलेर ३ चौका र २ छक्का प्रहार गरे।
उनलाई गतिलो साथ दिएका पवन सर्राफले नटआउट ३८ रन जोडे।
त्यसअघि नेपालका लागि शरद भेषवकारले २४ रन जोड्दा दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले २३–२३ रन जोडे।
नेपालका लागि औपचारिक कप्तानी सम्हालेका ज्ञानेन्द्र मल्ल १० रन र उनका ओपनिङ जोडी इशान पाण्डेले ४ रन जोडे।
बलिङमा एमसिसीका यासिर आराफातले ३ विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एमसिसीले ३९.५ ओभरमा २०१ रनमा अलआउट भयो उसका लागि विल रोड्सले ५४ रन र विली गडरम्यानले ५२ रनको योगदान दिए। बलिङमा नेपालका पवन सर्राफ र ललितनारायण राजवंशीले ४–४ विकेट लिएका थिए।