इंग्ल्यान्डविरुद्धको पाँच खेलको टी-२० सिरिजमा न्युजिल्यान्डले २-१ को अग्रता लिएको छ।
मंगलबार विहान भएको तेस्रो टी-२० मान घरेलु टिम न्युजिल्यान्डले इंग्ल्यान्डलाई १४ रनले पराजित गर्दै सिरिजमा अग्रता लिएको हो।
टस जितेर पहिले ब्याटिङ न्युजिल्यान्डले २० ओभरमा ७ विकेट गुमाएर १८० रन जोड्यो।
न्युजिल्यान्डका लागि कोलिन डे ग्रान्डहोमले ३५ बलमा ५ चौका र ३ छक्काको मद्दतमा ५५ रन बटुले। उनी खेलको म्यान अफ दि म्याच भए।
मार्टिन गुपटिलले ३३ रन र रोश टेलरले २७ रनको योगदान दिए।
बलिङमा इंग्ल्यान्डका टम कुरानले २ विकेट लिए।
१८१ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले २० ओभरमा ७ विकेट गुमाएर १६६ रन मात्र बटुल्यो।
इंग्ल्यान्डका लागि डविड मालानले ५५ रन र जेम्स भिन्सले ४९ रन जोडे पनि जितका लागि पर्याप्त हुन सकेन।
इंग्ल्यान्डले पछिल्ला ५ विकेट १० रनका लागि गुमाउदा खेल न्युजिल्यान्डको पक्षमा गएको थियो।
बलिङमा न्युजिल्यान्डका लकी फर्ग्युसन र ब्लायर टिकनरले २-२ विकेट लिए।