पाकिस्तानविरुद्धको दोस्रो टी-२० खेलमा अस्ट्रेलिया विजयी भएको छ।
क्यानबेरामा मंगलबार भएको खेलमा अस्ट्रेलियाले पाकिस्तानलाई ७ विकेटले पराजित गरेको हो।
टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ६ विकेटको क्षतिमा १५० रन जोड्यो।
उसका लागि ओपनर तथा कप्तान बाबर अजामले डेभिड वार्नरबाट रनआउट हुनुअघि ५० रन जोडे। इफ्तिखार अहमेदले नटआउट ६२ रनको योगदान दिए। उनले ३४ बलमा ५ चौका र ३ छक्का हिर्काए।
बलिङमा अस्ट्रेलियाका अस्टन अगरले २ विकेट लिए।
१५१ रनको लक्ष्य अस्ट्रेलियाले १८.३ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो। अस्ट्रेलियाका लागि स्टेभिन स्मिथले नटआउट ८० रन जोडे। उनले ५१ बलमा ११ चौका र १ छक्का हिर्काए।
जितसँगै अस्ट्रेलियाले ३ खेलको सिरिजमा १-० को अग्रता लिएको छ। यसअघि पहिलो खेल वर्षाका कारण रद्द भएको थियो।