मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) विरुद्धको तीनदिवसीय खेलको दोस्रो दिन सकिदा नेपाल ३०२ रनले पछि परेको छ।
बिहीबार नै आफ्नो दोस्रो इनिङ सुरु गरेको एमसिसीले दिनको खेल सकिदा २ विकेटको क्षतिमा ९१ रन जोडेको छ।
त्यसअघि एमसिसीले पहिलो इनिङमै २ सय ११ रनको अग्रता लिन सफल भएको थियो।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दोस्रो दिन नेपाल पहिलो इनिङमा ४४.४ ओभरमा १५३ रनमा अलआउट भयो।
नेपालका लागि सन्दीप लामिछानेले सबैभन्दा बढी ३९ रन जोडे। विनोद भण्डारी ३५ रन र सोमपाल कामी २६ रनमा आउट भए।
अन्य ब्याट्सम्यान सस्तैमा आउट भए। आरिफ शेख १० रनमा आउट हुँदा राजु रिजाल ८ रन, कप्तान ज्ञानेन्द्र मल्ल ०, शरद भेषवाकर ४ रन, दीपेन्द्रसिंह ऐरी १ रन, पवन सर्राफ २ रन र करण केसी २ रनमा आउट भए।
त्यसअघि दोस्रो दिन ३११–६ बाट खेल्न सुरु गरेको एमसिसी पहिलो इनिङमा ३६४ रनमा अलआउट भयो।
मसिसीका लागि विल रोड्सले सबैभन्दा बढी ७३ रनको योगदान गरे। यस्तै विल वेन्डर्सपरले ५३ रन बटुलेका छन् भने माइल्स हामुदले ५१ रन जोडेका छन्।
दोस्रो दिन ३५ रनबाट ब्याटिङ गरेका यारिस आराफात ६५ रनमा आउट भए। २१ रनबाट खेलेका एलेक्स थमसनले ३० रनको योगदान दिए।
बलिङमा नेपालका करण केसीले ३ विकेट लिए। उनले सबै विकेट बिहीबार नै लिएका हुन्। सन्दीप लामिछानेले पनि ३ विकेट हात पार्दा शरद भेषवाकर र सोमपाल कामीले २–२ विकेट हात पारे।