बंगलादेशविरुद्धको दोस्रो टी–२० खेलमा घरेलु टिम भारत ८ विकेटले विजयी भएको छ।
बिहीबार राजकोटमा भएको खेलमा बंगलादेशले दिएको १५४ रनको लक्ष्य भारतले २ विकेटको क्षतिमा १५.४ ओभरमै पूरा गर्यो।
भारतको जितमा ओपनर तथा कप्तान रोहित शर्माले ८५ रनको योगदान दिए। उनले ४३ बलमा ६ चौका र ६ छक्का हिर्काए।
शिखर धवनले ३१ रन र श्रेयर इयरले नटआउट २४ रन बटुले।
बलिङमा बंगलादेशका अनिमुल इस्लामले २ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बंलादेशले २० ओभरमा ६ विकेट गुमाएर १५३ रन जोड्यो। उसका लागि मोमहद नइमले सबैभन्दा बढी ३६ रन जोडे।
बलिङमा भारतका युजभेन्द्र चाहलले २ विकेट लिँदा दीपक चाहर, खलिल अहमेद र वासिङ्टन सुन्दरले १–१ विकेट लिए।
भारतले जित हात पारेसँगै ३ खेलको सिरिजमा १–१ को बराबरी भएको छ।