मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) विरुद्धको तीनदिवसीय खेलमा नेपाल २०८ रनले पराजित भएको छ।
तेस्रो दिन शुक्रबार एमसिसीले १८१–६ मा इनिङ समाप्तीको घोषणा गरेपछि नेपालले ३९३ रनको विजय लक्ष्य पाएको थियो।
नेपालले ४० ओभरमा १८४ रन बनाएर अलआउट भएपछि खेल एमसिसीको पक्षमा गएको हो। नेपालका लागि सर्वाधिक रन सोमपाल कामीले हाने। उनले नटआउट ५१ रन जोडे। राजु रिजालले ३१ रन बनाए भने सन्दीप लामिछानेले २५ रन हाने।