भारतीय क्रिकेटर सचिन तेन्दुल्कर कीर्तिपुरस्थित टियु मैदानमा पुगेका छन्।
शुक्रबार राति मुम्बईबाट आएका तेन्दुल्कर टियु मैदानमा बालबालिकासँग क्रिकेट खेल्नेछन्। खेल १० ओभरको हुनेछ ।
बाल अधिकारसम्बन्धी महासन्धी पारित भएको ३० वर्ष पुगेको उपलक्ष्यमा युनिसेफले सचिनलाई नेपाल डाकेको हो।
प्रहरी स्रोतका अनुसार सचिन दिउँसो काभ्रेपलाञ्चोकको एउटा कार्यक्रममा पनि सहभागी हुनेछन्।
उनी शनिबार नै भारत फर्कनेछन्।



प्रकाशित मिति: शनिबार, कात्तिक ३०, २०७६, ११:४५:००