युएईमा भइरहेको टी–१० लिगमा नेपालका सन्दीप लामिछानेलाई कर्नाटकाले लगातार खेलाइरहेको छ।
सुरुवाती २ खेलमा राम्रो प्रदर्शन गरेका सन्दीपविरुद्ध पछिल्ला खेलमा विपक्षी खेलाडीले आक्रमक ब्याटिङ गरिरहेका छन्। १० ओभरको खेल भएकाले बलरका लागि चुनौती मानिदै आइरहेको छ।
सन्दीपले बिहीबार क्वालन्डरविरुद्धको खेलमा पनि मिश्रित बलिङ गरे।
पहिले ब्याटिङ गरेको क्वालन्डरविरुद्ध पाँचौ ओभरमा बलिङ गरेका सन्दीपले यो ओभरमा २२ रन खर्चिएका थिए। सन्दीपलाई क्वालन्डरका ओपनर टम बान्टोनले २ चौका र २ छक्का प्रहार गरेका थिए।
सातौं ओभरमा आफ्नो दोस्रो स्पेल गरेका सन्दीपले पहिलो चार बलमा ८ रन दिए। पछिल्ला २ बलमा भने लगातार विकेट लिए।
उनले पाँचौ बलमा सन्दीपले बान्टोनलाई एलबिडब्लूको धरापमा पारे। उनी २८ बलमा ९ चौका र ६ छक्का प्रहार गरेर आउट भए। उनले २ ओभरमा २ विकेट लिँदा ३० रन खर्चिए।
खेलमा क्वालन्डरले ७ विकेटको क्षतिमा १३० रन जोड्यो।
१३१ रनको लक्ष्य पछ्याएको कर्नाटकाले ९ विकेटको क्षतिमा ९८ रन मात्र जोड्दा खेल ३२ रनले हार्यो।
ब्याटिङ पनि गरेका सन्दीप ५ रनमा लाहिरु कुमाराबाट बोल्ड भए।
यसअघि सन्दीपले आफ्नो चौथो खेलमा मराथा अरबियन्सविरुद्ध १ विकेट लिएका थिए।
सन्दीपले तेस्रो खेलमा महँगो बलिङ गर्ने क्रममा ३५ रन खर्चिदा विकेट लिन सकेका थिएनन्।
पहिलो खेलमा १ विकेट लिएका सन्दीपले दोस्रो खेलमा भने २ विकेट हात पारेका थिए।