युएईमा भइरहेको टी-१० लिगमा नेपालका पूर्वकप्तान पारस खड्का आबद्ध टिम आबुधावी र लेगस्पिनर सन्दीप लामिछाने आबद्ध कर्नाटकाबीच आज राति खेल हुँदैछ।
दुवै टिम सुपर लिगको खेलमा राति पौने १० बजे प्रतिस्पर्धा गर्न लागेका हुन्।
कर्नाटका ५ मध्ये १ खेलमा मात्र विजयी छ भने अंक तालिकाको पुछारमा छ। टिम अबुधाबीले २ खेलमा जित हात पारेको छ।
सन्दीपले कर्नाटकाबाट पाँचै खेल खेल्दा ६ विकेट लिइसकेका छन्। पारसले सुरुवाती २ खेलमा मात्र मौका पाएका थिए।