भारतले वेस्ट इण्डिज विरुद्धको ३ खेलको टि-२० सिरिज २-१ ले जितेको छ।
बुधबार भारतले वानखेडे रंगशालामा इण्डिजलाई ६७ रनले पराजित गर्दै सिरिजमाथि २-१ ले कब्जा जमाएको हो।
सिरिजको पहिलो खेल भारतले जितेको थियो भने दोश्रो खेल वेस्ट इण्डिजले जितेको थियो।
अन्तिम खेलमा इण्डिजले टस जितेर भारतलाई पहिले ब्याटिङ गर्ने निम्ता दिएको थियो। भारतले आफ्नो यस पारीमा तीन विकेटको क्षतिमा २४० रनको स्कोर बनायो।
भारतको यस पारीमा लोकेश राहुलले सर्वाधिक ९१ रन बनाए भने रोहित शर्माले ७१ र कप्तान विराट कोहलीले अविजित ७० रन जोडे।
त्यसपछि जवाफी ब्याटिङमा आएको वेस्ट इण्डिजले निर्धारित ओभरमा ८ विकेटको क्षतिमा १७३ रनमा समेटियो र खेल भारतले ६७ रनले जित्यो।