पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट प्रतियोगितामा एक्स्पर्ट धनगढी ब्लुजले रोमाञ्चक जित हात पारेको छ।
धनगढीले सोमबार भएको खेलमा विराटनगर टाइटन्सलाई ५ रनले पराजित गरेको हो।
धनगढीले दिएको ११८ रनको लक्ष्य पछ्याएको विराटनगरले २० ओभरमा ९ विकेटको क्षतिमा ११२ रन मात्र जोड्न सक्यो।
विराटनगरका लागि राजु रिजालले सबैभन्दा बढी २५ रन जोडे।
बलिङमा धनगढीका दिपेन्द्रसिंह ऐरीले ३ विकेट लिए। उनी खेलको म्याच अफ दि म्याच भए। सागर ढकालले २ विकेट हात पारे।
त्यसअघि धनगढीले २० ओभरमा ८ विकेटको क्षतिमा ११७ रन जोड्यो।
उसका लागि कमलसिंह ऐरीले २१ बलमा समान २–२ चौका र छक्का हिर्काउँदै नटआउट २६ रन र र श्रीरिमान्थ विजेरत्नले २५ रन जोडे।