मनमोहन मेमोरियल (एमएम) एकदिवसीय क्रिकेट प्रतियोगितामा १५ वर्षीय कुशल मल्लले शतक प्रहार गरेका छन्।
इनरुवामा जारी प्रतियोगितामा नेपाल आर्मी क्लबका ब्याट्सम्यान कुशलले सशस्त्र प्रहरी बलविरुद्ध शतक प्रहार गरेका हुन्।
समूह 'ए' को खेलमा टस जितेर पहिले ब्याटिङ गरेको आर्मीको तर्फबाट चौथो नम्बरमा ब्याटिङ गरेका कुशलले आउट हुनुअघि १ सय ११ रन जोडे।
उनले सशस्त्रका प्रदीप ऐरीबाट बोल्ड हुनुअघि ६३ बलमा ५ चौका र १३ छक्का हिर्काए।
१७६.१९ को स्ट्राइकमा ब्याटिङ गरेका कुशल नेपाली राष्ट्रिय टिममा परिसकेका खेलाडी हुन्।
खेलमा आर्मी ४६ ओभरमा २ सय ८१ रनमा अलआउट भएको छ।
कुशल सिंगापुर र ओमान भ्रमणका लागि राष्ट्रिय टिममा समावेश भएका थिए। गत सिजनको एभरेस्ट प्रिमियर लिगमा आक्रामक ब्याटिङ गरेपछि कुशलको चर्चा चुलिएको थियो।