मनमोहन मेमोरियल (एमएम) राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ।
पुलिसले शुक्रबार भएको खेलमा प्रदेश २ लाई ४६ रनले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो।
पहिले ब्याटिङ गरेको पुलिस ४८.१ ओभरमा १८३ रनमा अलआउट भयो। पुलिसका लागि दीपेन्द्रसिंह ऐरीले ५० रन जोडे।
बलिङमा प्रदेश २ का कुमार थापाले ५ विकेट लिए। विकेट यादव र प्रातप सिंहले २-२ विकेट लिए।
१८४ रनको लक्ष्य पछ्याएको प्रदेश २ ले ४२.२ ओभरमा अलआउट हुँदा १३७ रन जोड्न सक्यो।
प्रदेश २ का लागि विशाल सुसलिङले ८० रन जोडे पनि जितका लागि पर्याप्त हुन सकेन।
प्रदेश २ को इनिङ सस्तैमा रोक्ने क्रममा पुलिसका दीपेन्द्रसिंह ऐरी र ललित भण्डारीले ३-३ विकेट लिए। पवन सर्राफले २ विकेट हात पारे।
समूह बीको खेलमा यसअघि पुलिसले कर्णालीलाई हराएको थियो। कर्णालीलाई हराएको प्रदेश २ भने पराजयसँगै बाहिरिएको छ।