मंगलबार भारतले अस्ट्रेलियासँग ऐतिहासिक हार बेहोरेको छ।
शुक्रबार पाहुना टोली अस्ट्रेलियाले मुम्बईको वानखेडे रंगशालामा भारतलाई १० विकेटले पराजित गर्दै भारतविरुद्ध पछिल्लो ४० वर्षकै सर्वाधिक ठूलो जित हात पार्यो।
यती ठूलो अन्तरले भारत अस्ट्रेलियासँग पहिलो पटक वान डेमा हारेको हो। हिजोको खेलमा भारत नयाँ टोली संरचनाकासाथ मैदानमा उत्रेको थियो। भारतको टिम व्यवस्थापनको यो संरचना भारतीय क्रिकेट प्रशंसकहरुलाई चित्त बुझेको छैन। उनीहरूले यस बारेमा असन्तुष्टि पोखेका छन्।
म्याचपछि यसका बारेमा बारतीय टोलीका कप्तान विराट कोहलीले जवाफ दिएका छन्।
कोहलीलाई पूर्वक्रिकेटर तथा कमेन्टेटर संजय मांजरेकरले आफू तीन नम्बरमा किन नखेलेको भनेर प्रश्न सोधेका थिए।
'शिखर धवन र केएल राहुल दुबै राम्रो लयमा छन्। रोहित शर्मा पनि टोलीमा आइसकेका छन्। यही कारणले हामीले यी तीनै जनालाई अन्तिम ११ मा राख्ने निर्णय गरेका हौं। यसै कारणले म चौथो नम्बरमा ब्याटिङ गर्न गएँ', जवाफमा विराट कोहलीले भने।
'हैरान भइहाल्नुपर्ने कारण छैन। यो एउटा प्रयोग हो, कहिले पास हुन्छ त कहिले फेल। यस्तो लाग्छ चौथो नम्बरमा आउँदा म सफल भइन। यो कुनै स्थायी फैसला होइन। म तेश्रो नम्बरमा आउनुपर्छ कि पर्दैन भनेर हामी कुरा गर्नेछौं', उनले भने।
यस म्याचमा कोहलीले मात्र १६ रन जोड्न सके।