घरेलु टिम न्युजिल्यान्डविरुद्धको पाँच खेलको टी-२० सिरिजको पहिलो खेलमा भारत ६ विकेटले भएको छ।
शुक्रबार अकल्यान्डमा भएको खेलमा न्युजिल्यान्डले दिएको २०४ रनको लक्ष्य भारतले ६ बल खेल्न बाँकी छदा ४ विकेटको क्षतिमा पार गर्यो।
भारतको जितमा श्रेयस इयरले नटआउट २९ बलमा नटआउट ५८ रन जोडे। उनले ५ चौका र ३ छक्का हिर्काए।
मनिष पाण्डेले १२ बलमा नटआउट १४ रन जोडे।
त्यसअघि केएल राहुलले २७ बलमा ५६ रन र कप्तान विराट कोहलीले ३२ बलमा ४५ रनको योगदान दिए।
बलिङमा न्युजिल्यान्डका इश सोधीले २ विकेट लिए।
त्यसअघि न्युजिल्यान्डले ५ विकेटको क्षतिमा २०३ रन जोड्यो। उसका लागि कोलिन मुनरोले ५९, केन विलियनसनले ५१ रन र रोश टेलरले नटआउट ५४ रन जोडे।