अफगानिस्तानका विकेटकिपर ब्याट्सम्यान मोहमद साहजाद एभरेस्ट प्रिमियर लिग (इपिएल) टी-२० क्रिकेट प्रतियोगिता खेल्न नेपाल आउने भएका छन्।
साहजाद इपिएल टिम चितवन टाइगर्ससँग आबद्ध भएका हुन्। चितवनले साहजाद टिममा आबद्ध हुदा खुसी व्यक्त गरेको छ।
उनी पछिल्लो समय अफगानिस्तानको टिममा छैनन्। कारणबश टिमबाट बाहिर रहेका ३३ वर्षीय साहजाद विस्फोटक ब्याट्सम्यान मानिन्छन्।
उनले अफगानिस्तानका लागि ८४ एकदिवसीय, ६५ टी-२० र २ टेस्ट खेलेका छन्। जसमा उनले एकदिवसीयमा ६ शतक र टी-२० मा एक शतक हिर्काएका छन्।
यसअघि चितवनले सिजनका लागि सोमपाल कामीलाई पनि भित्र्याएको थियो।
टिममा दिलीप नाथ, ललित भण्डारी, भीम सार्की, सन्दीप सुनार, इशान पाण्डे लगायतका छन्।