आइसिसी विश्वकप लिग-२ अन्तर्गत ओमानविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपालले पाँच विकेट गुमाएको छ। कुशल मल्ल २८ रन बनाएर आउट भएका छन्।
२४ बल खेलेका मल्लले दुई छक्का र दुई चौकाको मद्दतमा २८ रन जोडेका हुन्।
आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले टस हारेर ब्याटिङ गरेको हो। ३७ ओभरको खेल चलिरहँदा नेपाल ४ विकेट क्षतिमा १ सय ७१ रन बनाएर खेलिरहेको छ।
अहिले क्रिजमा विनोद भण्डारी र आरिफ शेख आएका छन्।
यसअघि नेपाल ओमानसँगको पहिलो खेलमा भने १८ रनले पराजित भएको थियो। त्यसैले नेपाललाई आज ओमानसँग बदला लिने अवसर छ।