आइसिसी विश्वकप लिग-२ अन्तर्गत ओमानविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपालले छैठौं विकेट गुमाएको छ। आरिफ शेख २८ रन बनाएर आउट भएका छन्।
४५ बल खेलेका आरिफले एक चौकासहित २८ रन बनाएर एलबिडब्लूको सिकार भएर।
४४ ओभरको खेल चलिरहँदा नेपालले ६ विकेट क्षतिमा २०२ रन बनाएर खेलिरहेको छ।
शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले टस हारेर ब्याटिङ गरेको हो।
अहिले क्रिजमा बिनोद भण्डारी र करण केसी छन्।
यसअघि नेपाल ओमानसँगको पहिलो खेलमा भने १८ रनले पराजित भएको थियो। त्यसैले नेपाललाई आज ओमानसँग बदला लिने अवसर पनि छ।