नेपाल, अमेरिका र ओमानको त्रिकोणात्मक सिरिजमा आइतबार नेपाल ओमानसँग ८ विकेटले पराजित भएको छ।
सिरिजमा ओमानसँग नेपालको यो लगातार दोस्रो हार हो।
निर्धारित ५० ओभरमा नेपालले २४९ रन बनाएको थियो। जवाफी ब्याटिङ गरेको ओमानले निर्धारित लक्ष्य १७ बल बाँकी छँदै पूरा गर्यो। ओमानको जितमा अकिब अलयासले सतकीय पारी खेले। अकिबले १ सय ८ रन जोडे।
खेलपछि प्रतिक्रिया दिँदै अकिबले आफूले सतक हान्दा पनि नेपाली दर्शकले सपोर्ट गरेको कुराले भावुक बनाएको बताए।
‘नेपालको क्राउड एकदमै राम्रो हुनुहुँदो रहेछ। आफ्नो देशलाई सँगै जब मैले सेञ्चुरी हने त्यति बेला पनि उत्तिकै सपोर्ट गर्नु भयो,’ अकिबले भने,‘मैले सायदै कहिले यस्तो दर्शक देखें। अब कहिले नेपाल आउँछु था छैन तर आज यिनै दर्शक देखेर म र मेरो टिम खेल्नको लागि अझ उत्साहित बन्यौं।’
नेपाली राष्ट्रिय टिमका प्रशिक्षक उमेश पटवालले आज खेल हारे पनि ५० ओभरको खेलका लागि सिक्ने मौका भएको बताए।
नेपाली कप्तान ज्ञानेन्द्र मल्लले आज बलिङ र फिल्डिङ कमजोर हुनु ‘ब्याड लक’ भए पनि खेललाई खराब भन्न नमिल्ने बताए।
कुनै पनि राम्रोसँग खेल्दा जित्ने सम्भावना ५० प्रतिशत हुन्छ। नेपालले आज २४९ रन बनाएको राम्रो नै हो जुन हाम्रो मैदानमा कम नै हुन्छ। गेम हारे पनि धेरै कुरा सिक्यौं,’ मल्लले भने।