पाकिस्तानका पूर्वक्रिकेटर सक्लैन मुस्ताक नेपाल आउने भएका छन्। वाइवाइ ग्रेड हिमालयन क्रिकेट एकेडेमीको निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन्।
उनी आगामी १४ देखि २१ अप्रिलसम्म नेपालमा रहनेछन्। त्यक्रममा उनीसँग क्रिकेट सिक्ने व्यवस्था मिलाउने एकेडेमीले जनाएको छ। एकेडेमीले 'मास्टरक्लान विथ सक्लेन मुस्ताक' नाम दिँदै नयाँ क्रिकेटरलाई क्रिकेट सिक्न आह्वान गरेको छ।
यसअघि उनले इंग्ल्यान्डको बलिङ प्रशिक्षक भएर काम गरेका थिए।
पाकिस्तानका लागि उनले १९९५ देखि २००५ सम्म खेलेका थिए। त्यसक्रमा उनले ४९ टेस्ट र १६९ एकदिवसीय एकदिवसीय खेल खेले। उनले टेस्टमा २०८ र एकदिवसीयमा २८८ विकेट लिए।
आफ्ना जमनाका उत्कृष्ट स्पिनरको रुपमा ख्याती कमाएका उनलाई 'दुस्रा' स्टाइलको बलिङको जन्मदाता मानिन्छ। दुस्रा लेगब्रेक स्टाइलको स्पिन बलिङ हो।