दक्षिण अफ्रिकाविरुद्धको एकदिवसीय सिरिजका लागि भारतीय क्रिकेट टिम घोषणा गरिएको छ। हार्दिक पाण्ड्या, शिखर धवन र भुवनेश्वर कुमार टिममा फर्किएका छन्।
जबकि उपकप्तान रोहित शर्मा चोटका कारण टिममा छैनन्। उनी आइपिएलका भने मैदान फर्कन सक्नेछन्।
न्युजिल्यान्डविरुद्ध एकदिवसीय टिममा रहेका शार्दुल ठाकुर र शिवम दुबे टिममा छैनन्।
हार्दिक पाण्ड्या पिठ्यु सर्जरी गरेपछि टिममा फर्केका हुन्। शिखर धवन अस्ट्रेलियाविरुद्धको सिरिजका दौरान घाइते भएका थिए। जसका कारण मयंक अग्रवाल टिमबाट हटेका छन्।
सिरिजअन्तर्गत भारत र दक्षिण अफ्रिकाबीच धर्मशालामा (१२ मार्च), लखनऊमा (15 मार्च) र कोलकातामा (१८ मार्च) मा खेल हुनेछ।
भारतीय टिममा विराट कोहली (कप्तान), शिखर धवन, पृथ्वी शा, केएल राहुल, मनीष पाण्डेय, श्रेयस अयर, रिषभ पन्त, हार्दिक पण्ड्या, रवीन्द्र जडेजा, भुवनेश्वर कुमार, युजवेन्द्र चहल, जसप्रीत बुमराह, कुलदीप यादव र शुभमन गिल छन्।