सिजनको इन्डियन प्रिमियर लिग (आइपिएल) तोकिएको मितिमा खेलाउने कि रोक्ने विषयमा शनिबार निर्णय हुने भएको छ।
कोरोनाभाइरसको संक्रमण विश्वभर फैलिरहेको अवस्थामा आइपिएल गर्ने कि रोक्ने विषयमा छलफल गर्ने शनिबारका लागि प्रशासनिक निकायको बैठक डाकिएको हो।
सिजनको आइपिएल आगामी मार्च २९ बाट गर्ने तय छ।
आइपिएल तोकिएको मितिमा भए पनि विदेशी खेलाडीले भाग लिनेमा शंका बढेको छ। किनभने भारतले सबै विदेशीलाई दिने भिसा अप्रिल १५ सम्म नदिने निर्णय गरेको छ। यद्यपी कुटीनितिक र अन्य अत्यावश्यक भिसा भने दिइनेछ।
विदेशी खेलाडी र प्रशिक्षकले भारतको भ्रणम गर्दा बी स्पोट्स भिसा पाउने गरेका छन्। भारतले खेलाडीलाई दिने भिसा रद्द गरेको हो वा होइन स्पष्ट परेको छैन।