आइपिएल २०२० का खेलहरु खाली रंगशालामा खेलाउने सम्भावना बढेको छ।
विश्वभर फैलिरहेको कोरोनाभाइरसको संक्रमणको खतराका कारण आइपिएलका खेलाहरु बिनादर्शकको रंगशालामा खेलाउने सम्भावना बढेको हो।
बिहीबार भारतका खेलकुद मन्त्री किरेन रिजिजुले खाली रंगशालमा आइपिएल हुने संकेत गरेका हुन्।
रिजीजुले सबै खेल महासंघलाई स्वास्थ्य मन्त्रालयले दिएको निर्देशन पालान गर्न भनेको बताए।
उनले आइपिएलका दौरान दर्शकलाई रंगशाला प्रवेशमा रोक लगाउने संकेत गर्दै भने,'हामी खेल रोक्दैनौ। हामीले ठूलो संख्यामा मानिस जम्मा नहुन भनिरहेको छौं। देशको स्वास्थ्यका लागि हामीले सावधानी अपनाउनु पर्छ।'
मार्च २९ बाट सुरु हुने आइपिएल रोक्न नभनेको समेत उनले बताए।
यद्यपी आइपिएल रोक्ने, दर्शकसहित खेलाउने वा खाली रंगशालामा खेलाउने विषयमा निर्णय भइसकेको छैन। शनिबार आइपिएलको प्रशासनिक निकायको बैठकपछि आइपिएल रोक्ने कि खेलाउने विषयमा निर्णय हुनेछ।