काठमाडौं जिल्ला सिनियर छनोट क्रिकेट प्रतियोगिता २०२० को उपाधि बालुवाटार क्रिकेट क्लबले जितेको छ।
बिहीबार भएको फाइनलमा महावीर क्लबलाई ६ विकेटले हराएर बालुवाटार च्याम्पियन बनेको हो।
टस हारेर पहिले ब्याटिङ गरेको महावीर ४६.१ ओभरमा १५८ रनमा अलआउट भयो। उसका लागि बिभत्सु थापाले ६७ रन जोड्दा अन्य ब्याट्सम्यान चल्न सकेनन्।
बलिङमा बालुवाटारका सोनु तामाङले ४ विकेट र सुमन उदयले ३ विकेट लिए।
१५९ रनको लक्ष्य बालुवाटारले ३८.४ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो। उसका लागि सुमन उदयले ५० रन र सोनु तामाङले नटआउट ५२ रन जोडे।
सोनु म्याच अफ दि फाइनल भए। न्यु भिजनका नरेश चन्द उत्कृष्ट ब्याट्सम्यान, केसीटीसीका उज्वल थापा उत्कृष्ट बलर र बालुवाटारका सुमन उदय म्यान अफ दि सिरिज भए।