नेपाली क्रिकेट समर्थक समाजले मृर्गौला समस्याले वीर अस्पतालमा उपचार गरिरहेका कीर्तिपुरस्थित टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानका मैदान कर्मचारी जय बहादुर तामाङ्ग (सेते दाइ) को उपचारको लागि समाजले सन्चालन गरेको 'NCSS सेते दाइ सहयोग अभियान' मा संकलित ५० हजार रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेको छ।
एनसिएसएसले आज वीर अस्पतालमा जय बहादुर तामाङ्गको श्रीमती निरमाया तामाङ्गले उपरोक्त रकम हस्तान्तरण गरेको हो। मैदान कर्मचारी तामाङ पछिल्लो १२ दिनदेखी वीर अस्पतालमा किडनीको उपचार गराइरहेका छन्।
नेपाली क्रिकेट समर्थकहरुको सन्स्था एनसिएसएसले आज चौथो दिन जारी अभियानमा ८७२८०/- संकलन छ। जसमध्ये उठिसकेको ५० हजार आज हस्तान्तरण गरेको थियो भने ६३५० सिधै बिरामिको बैन्क खातामा पठाएको थियो।| त्यसैगरी ३०९३० रकम घोषणा भएको तर उठन बाकी रहेको एनसिएसएसले जनाएको छ।
दोश्रो चरणको रकम एनसिएसएसले आगामी शुक्रबार, चैत्र १४ गते हस्तान्तरण गर्ने जनाएको छ।
यसअघि नेपाल क्रिकेट खेलाडी संघ (सीप्यान) १ लाख ३३ हजार रुपैयाँ सहयोग गरेको थियो।