बरोडा क्रिकेट एसोसिएसनले आफ्नो राज्यको महिला टिमका प्रशिक्षकलाई बर्खास्त गरेको छ।
बरोडाले प्रशिक्षक अतुल बेडाडेलाई खेलाडीलाई यौन दुर्व्यवहारको आरोपमा बर्खास्त गरेको हो।
गत महिना हिमाञ्चल प्रदेशमा भएको खेलका दौरान बरोडाका केहि सिनियर खेलाडीले प्रशिक्षकले दुर्व्यवहार गरेको भन्दै उजुरी गरेका थिए।
उनलाई टिमका सदस्यलाई यौन दुर्व्यवहार गरेको आरोप लगाउँदै पत्र दिइएको छ।
अब भारतीय क्रिकेट कन्ट्रोल बोर्डले यो अभियोगको बारेमा छलफल गर्नेछ।
५३ वर्षीय बेडाडेले भारतका लागि १९९० को दशकमा १३ एङ्कदिवसीय खेल खेलेका थिए। उनी अप्रिल २०१९ मा बरोडाको महिला टिमको प्रशिक्षक बनेका थिए।