कोरोना भाइरसका कारण इण्डियन प्रिमियर लिग (आइपिएल) २०२० रद्द हुने सम्भावना बढेको छ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्डले आइपिएलको विषयमा आगामी १० दिन भित्रमा निर्णय लिनेछ।
भारतले निकट भविष्यमै अन्तर्राष्ट्रिय उडानलाई अनुमति नदिने भएकाले विदेशी भारत आउने छैनन्। यो अवस्थामा आइपिएलका लागि विदेशी खेलाडी तथा अफिसियल पनि भारत आउनेछैनन्।
यस्तै अप्रिल-मेमा आयोजना हुन नसके आइपिएल अरु महिनामा आयोजना गर्नका लागि बिसिसिआईसँग कुनै विकल्प छैन।
भारतमा जारी २१ दिनको लकडाउन अप्रिल १४ मा सकिनेछ। त्यसपछि पनि धेरै चिजमा प्रतिबन्ध लाग्ने भएकाले कतिपयले आइपिएल रद्द गर्नुको विकल्प नभएको बताएका छन्।
यस्तै ओलम्पिक समेत स्थगित भएको अवस्थामा आइपिएल रद्द गर्न नसक्नु मूर्खता हुने पनि विश्लेषकहरुको भनाइ छ।