दक्षिण अफ्रिकन क्रिकेट टिमको श्रीलंका भ्रमण स्थगित भएको छ। जुनको पहिलो सातादेखि सुरु हुने क्रिकेट सिरिज खेल्न श्रीलंका जाने तय भएको दक्षिण अफ्रिकाको भ्रमण कोरोनाभाइरसको कारण स्थगित भएको हो।
दक्षिण अफ्रिकाले श्रीलंकामा तीन एकदिवसीय र तीन टी-२० खेल खेल्ने तय थियो।
लगातार क्रिकेट सिरिज स्थगित भएसँगै अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले आयोजना गर्ने एकदिवसीय लिग पनि प्रभावति हुने देखिएको छ।
संसारभर कोरोना रोक्न भइरहेको लकडाउनले क्रिकेट सिरिज प्रभावित भएको दक्षिण अफ्रिकाले जनाएको छ।
श्रीलंकापछि दक्षिण अफ्रिकाले जुलाई अन्तिम साता वेस्ट इन्डिजमा दुई टेस्ट र पाँच टी-२० खेल्ने तय छ।