विस्फोटक ब्याट्सम्यान क्रिस गेलले घरेलु टी-२० फ्रेन्चाइज लिग सेन्ट लुसिया जक्सबाट खेल्ने भएका छन्।
सिजनको क्यारेबियन प्रिमियर लिग (सिपिएल) का लागि जमैका तालावाजले गेललाई रिलिज गरेपछि सेन्ट लुसियाले भित्र्याएको हो।
सेन्ट लुसिया टिमलाई गत फेब्रुअरीमा भारतको आइपिएल टिम किंग्स ११ पञ्जावको मातृ कम्पनीले किनेको थियो।
गेल हाल आइपिएल टिम पञ्जावमै आबद्ध छन्।
वेस्ट इन्डिजका अनुभवी ब्याट्सम्यान गेलले सिपिएलको सुरुवाती चार सिजन जमैकाबाट खेलेका थिए। त्यसपछि उनी सेन्ट किट्स हुँदै नेभिस प्याट्रिओट्समा आबद्ध भए।
फेरि गत सिजन उनी जमैकामै फर्किए थिए। उनले गत सिनजको दोस्रो खेलमा ११६ रन बनाएका थिए। तर उनले १० इनिङमा २४३ रन मात्र जोड्न सके।
गत सिजन जमैका अंक तालिकाको पुछारमा रहेको थियो।