बंगलादेशका पूर्वकप्तान सकिब अल हसनमाथि प्रतिबन्ध लाग्नु पछाडिका बुकीमाथि २ वर्षको प्रतिबन्ध लगाइएको छ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले भारतीय व्यापारी तथा सन् २०१८ को सिन्धी टी-१० लिगका एक टिमका मालिक दिपक अग्रवालमाथि २ वर्षको प्रतिबन्ध लगाएको हो।
दिपकले सकिबलाई म्याच फिक्सिङ गर्ने उद्देश्यले पटक पटक च्याटमार्फत सम्पर्क गर्न खोजेका थिए।
च्याटमार्फत सम्पर्क गर्न खोजेको जानकारी समयमै नदिएकोमा दोषि ठहर गर्दै आइसिसीले सबिकमाथि गत कार्तिकमा २ वर्षको प्रतिबन्ध लगाएको थियो।
आइसिसीले अग्रवालले आफ्नो गल्ति स्वीकार गरेको बताउँदै सबै खालको क्रिकेटबाट दुई वर्षको प्रतिबन्ध लगाउने निर्णय गरेको हो।
अग्रवालले सबिकमार्फत २०१७ मा बंगलादेश प्रिमियर लिग खेलिरहेका खेलाडीको नम्बर लिने प्रयास गरेका थिए।
यस्तै उनले २०१८ मा बंगलादेश, श्रीलंका र जिम्बावेबीचको सिरिजका दौरान सकिबसँग सँगै काम गर्न आग्रह गर्दैइ अर्को सन्देश पठाएका थिए।