अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले थप दुई वटा छनोट प्रतियोगिता स्थगित गर्ने निर्णय गरेको छ।
कोरोना भाइरसका कारण आइसिसीले आइसिसी महिला क्रिकेट विश्वकप छनोट र आइसिसी यु-१९ क्रिकेट विश्वकप छनोट युरोप डिभिजन-२ स्थगित गर्ने भएको हो।
आइसिसी क्रिकेट विश्वकप २०२१ का लागि हुने छनोट यहि जुलाई ३ देखि ९ सम्म श्रीलंकामा हुने तय थियो।
१० टिमले प्रतिस्पर्धा गर्ने प्रतियोगिताबाट तीन टिम छनोट हुने व्यवस्था छ। विश्वकपमा स्थान बनाउन बंगलादेश, पाकिस्तान, आयरल्यान्ड, वेस्ट इन्डिज र श्रीलंकाले खेल्ने तय थियो।
यस्तै थाइल्यान्ड, जिम्बाबे, पिएनजी, अमेरिका र नेदरल्यान्ड्सले पनि छनोट खेल्दै थिए।
यस्तै डेनमार्कमा २४ देखि ३० जुलाईसम्म हुने तय यु-१९ विश्वकप क्षेत्रीय छनोट पनि स्थगित भएको छ।
यसअघि आइसिसीले अधिकांस छनोट प्रतियोगितासहित सिरिज स्थगित गरेको थियो। जसमा नेपालका चार वटा सिरिज प्रभावित भइसकेका छन्।