नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर पारस खड्का ८० दिनपछि अभ्यासमा फर्किएका छन्।
लकडाउनका कारण पारसले विगत ८० दिनदेखि अभ्यास गर्न पाएका थिएनन्।
८० दिनपछि अभ्यासमा फर्किएका पारसले खुसी लागेको प्रतिक्रिया दिएका छन्।
'८० दिनपछि अभ्यासमा फर्किएको छु, उत्कृष्ट महशुस गरिरहेको छु,' पारसले ट्विटरमा आफूले अभ्यास गरेको भिडियो पोस्ट गर्दै लेखेका छन्।
कोरोना भाइरसको संक्रमणबाट जोगिन सरकारले लकडाउन गरेका कारण अधिकांस खेलकुदका अभ्यास र प्रतियोगिता स्थगित भएका थिए।
लकडाउनका कारण खेल क्षेत्रलाई प्रभावित पर्दा क्रिकेटका अन्तर्राष्ट्रिय प्रतियोगिता स्थगित गरिएका छन्।
नेपालले स्कटकल्यान्ड, पपुवा न्युगिनी र नामिबियामा खेल्ने आइसिसी विश्वकप लिग-२ का तीन वटा त्रिकोणीय सिरिज स्थगित भइसकेका छन्। पछिल्लो पटक नेपालले फागुनमा अमेरिका र ओमानसँग कीर्तिपुरमा त्रिकोणात्मक सिरिज खेलेको थियो।
लगत्तै हुने तय भएको एभरेस्ट प्रिमियर लिग कोरोनाभाइरसका कारण स्थगित भएको थियो। त्यसपछि नेपाली क्रिकेटर अभ्यासमा फर्कन सकेका थिएनन्।
सरकारले अहिले पनि खेल क्षेत्रलाई बन्द राख्ने निर्णय गरेको हुँदा नेपालमा तत्काल खेलकुदका प्रतियोगिता हुने सम्भावना छैन।
पारसको अभ्यास :-