घरेलु टिम इंग्ल्यान्डविरुद्धको पहिलो टेस्टको पहिलो इनिङ्ग्समा वेस्ट इन्डिजले अग्रता लिएको छ।
पहिलो इनिङ्ग्समा इंग्ल्यान्ड २ सय ४ रनमा अलआउट भएको थियो। जवाफी ब्याटिङ गरेको वेस्ट इन्डिजले ३ सय १८ रन जोड्दै १०४ रनको अग्रता लियो।
पहिलो इनिङ्ग्समा वेस्ट इन्डिजका लागि ओपनर क्राग बाथवेटले ६५ रन जोडे भने विकेट किपर ब्याट्सम्यान सेन डोरिचले ६१ रनको योगदान दिए। यस्तै सामराह ब्रुक्सले ३९ रन र रोस्टन चेजले ४७ रन बटुले।
बलिङमा इंग्ल्यान्डका कप्तान वेन स्टोक्सले ४ विकेट लिए भने जेम्स एन्डर्सनले ३ विकेट हात पारे।
दोस्रो इनिङ्ग्स ब्याटिङ सुरु गरेको इंग्ल्यान्डले तेस्रो दिनको खेल सकिदा बिना विकेटको क्षतिमा १५ रन जोडेको छ।