इंग्ल्यान्डविरुद्धको पहिलो टेस्टको पहिलो इनिङमा पाकिस्तानले १०७ रनको अग्रता लिएको छ।
पहिलो इनिङमा इंग्ल्यान्ड २१९ रनमा अलआउट भयो।
इंग्ल्यान्डका लागि ओले पोपले सर्वाधिक ६२ रन जोडे। जोस बटलर ३८ रन र स्टुवार्ड बोर्डले नटआउट २९ रन जोडे।
बलिङमा पाकिस्तानका यासिर शाहले ४ विकेट लिए। शादब खान र मोहमद अब्बासले २-२ विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेकोे पाकिस्तान ३२६ रनमा अलआउट भयो।
उसका लागि ओपनर सान मसुदले १५६ रनको योगदान दिए। बाबर अजामले ६९ रन बटुले। शादब खानले ४५ रन जोडे।
बलिङमा इंग्ल्यान्डका बोर्ड र जोफ्रा आर्चरले ३-३ विकेट हात पारे।