नेपालका लेग स्पिनर सन्दीप लामिछानेको टी २० बलिङ वरीयता खस्किएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सार्वजनिक गरेको टी २० बलिङ वरीयतामा सन्दीप एक स्थान झरेका हुन्।
नयाँ वरीयतामा सन्दीप ८०औँ स्थानमा छन्। उनको कूल ३ सय ८९ रेटिङ अंक छ।
यसअघि आईसीसीले सार्वजनिक गरेको वरीयतामा उनी ७९ औँ स्थानमा थिए। हाल क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्ने क्रममा उनी ट्रिनिडाड एण्ड टोबागोमा छन्। अब उनी आइपिएलका लागि युएई जानेछन्। उनले सिपिएलमा ११ खेलमा १२ विकेट लिएका थिए।
यस्तै विश्व बलिङ वरीयतामा अफगानिस्तानका राशिद खान र मुजिबउर रहमान क्रमशः पहिलो र दोस्रो स्थानमा छन्।
यस्तै अष्ट्रेलियाका एस्टन अगर तेस्रो, दक्षिण अफ्रिकाका ताब्रेज सामी चौंथो तथा अष्ट्रेलियाकै एडम जाम्पा पाँचौं स्थानमा छन्।
यसैगरी आईसीसीले जारी गरेको ब्याटिङ वरीयतामा नेपालका पूर्व कप्तान पारस खड्का ७०औँ छन्। उनको ४०० रेटिङ अङक छ।
इंग्ल्यान्डका डविड मालन टी २० ब्याटिङ वरीयताको शीर्ष स्थानमा छन्। पाकिस्तानका बाबर अजाम दोस्रो स्थानमा छन्।
यस्तै टी २० वरीयतामा नेपाल १५औँ स्थानमा यथावत छ। शीर्ष वरीयतामा भने अस्ट्रेलिया छ। वरीयतामा इङ्ल्याण्ड दोस्रो, भारत तेस्रो, पाकिस्तान चौथो र दक्षिण अफ्रिका पाँचौं स्थानमा छन्।